News Griha :: न्यूजगृह
उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान

काठमाडौं— विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा स्नातक तथा स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई अध्ययनरत इच्छुक विद्यार्थीहरूबाट २०७९ चैत्र २८ गते कार्यालय समयभित्र छात्रवृत्तिसम्बन्धी दरखास्त फाराम भर्न आव्हान गरेको हो ।

दलित, आर्थिक रूपले विपन्न, अपाङ्गता भएका, मुक्त कमलरी र मुस्लिम महिला साथै लोकतान्त्रिक परिवर्तनका लागि भएका जनआन्दोलन, संघर्ष तथा क्रान्तिका क्रममा शहिद भएका तथा द्वन्द्वपीडितका छोराछोरी, द्वन्द्वका समयमा मृत्यु भएका व्यक्तिका आश्रित छोराछोरीबाट आवेदन माग गरेको छ ।

educations1679454033.jpg

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०८:४४
Weather Update