News Griha :: न्यूजगृह
सोमबार शिवको दर्शन गरी राशिफल हेर्नुहोस्

१५ जेठ २०८०, सोमबार । जेठ शुक्ल नवमी तिथि । पञ्चाङ्ग वज्र कौलव उत्तर । गणतन्त्र दिवस । भगवान् शिवको पूजाआराधना गर्ने दिन । राशिफल ।

मेष

रमाइलो यात्राको योग रहेको छ । रमाइलो भेटघाटमा मन रमाउनेछ । प्रेममा सफलता मिल्नेछ । धेरैले सहयोग गर्ने तत्परता देखाउने छन् ।

वृष

सानै प्रयाशले काममा सफलता मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन् । सामाजिक काममा व्यस्त रहनुपर्नेछ ।

मिथुन

व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको कारोबार बढ्नेछ । रोकिएका अधुरा कामहरु बन्नेछन् ।

कर्कट

दाम्पत्य जीबन सुखमय रहनेछ । स्वास्थ्यमा सुधार आउनेछ । साथीभाईको सहयोगले महत्त्वपूर्ण काममा सफलता मिल्नेछ ।

सिंह

रोजगारीको नयाँ अवसर मिल्नेछ । कूटनीतिक कार्यहरु सफल हुनेछन् । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ ।

कन्या

उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कामहरु सफल हुनेछन् । ठूला व्यक्तिको सहयोगले काम गर्ने आत्मविश्वास बढ्नेछ ।

तुला

सोचेको आटेको काममा सफलता मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । साथीभाईसँग भेटघाटमा मन खुसी रहनेछ ।

वृश्चिक

धार्मिक र सामाजिक काममा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुन सक्ने देखिन्छ । मेहनत गरे कामहरु सफल हुनेछन् ।

धनु

सामाजिक कार्यमा तत्परता रहनेछ । वैदेशिक यात्रा हुने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परोपकारी काममा रुचि बढ्नेछ ।

मकर

अध्ययन अध्यापनमा सुधार आउनेछ। मनोरञ्जनमा मन जानेछ । वैदेशिक कार्यहरू बन्नेछन । जागिरमा पदोन्नतिको योग रहेको छ ।

कुम्भ

शत्रुहरु पराजित हुनेछन् । धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । काम गर्ने हौसला, उत्साह र आत्मविश्वास बढ्नेछ ।

मीन

रोकिएका अधुरा कामहरु सुचारु हुने छन् । बिछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०५:४६
Weather Update