प्रधानमन्त्रीलाई पूर्वपरराष्ट्रमन्त्री खड्काले के दिए सुझाव ?

काठमाडौं— पूर्वपरराष्ट्रमन्त्री डा.नारायण खड्काले पूर्ण आत्मविश्वासका साथ भारतसमक्ष आफ्ना कुरा राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिएको बताएका छन् ।
सिंहदबारमा प्रधानमन्त्रीले आह्वान गरेको पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको छलफलबाट बाहिरिने क्रममा उनले प्रधानमन्त्रीलाई पूर्ण तयारीका साथ जान सुझाव दिएको बताए ।
उनले भने,‘राष्ट्रिय हितलाई सर्वोपरि ठानेर आत्मविश्वासका साथ तपाईंले आफ्नो कुराहरु राख्नुपर्छ ।’ उनले पुराना सम्झौता कार्यान्वयनको विषयलाई पनि जोडदार रुपमा उठाउन ध्यानाकर्षण गराएको बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २१:३०