भारत भ्रमणबारे सकारात्मक सुझाव आएको छ : प्रधानमन्त्री

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणलाई लिएर आफूलाई सकारात्मक सुझाव प्राप्त भएको बताएका छन् ।
सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा विभिन्न दलका नेताहरूसँग छलफल गरेका उनले सञ्चारकर्मीसँग छोटो कुरागर्दै आफूले सकारात्मक सुझाव प्राप्त गरेको बताए ।
आफूले भारत भ्रमणका क्रममा गर्ने सहमति र सम्झौतामा राष्ट्रिय सहमति जुट्ने उनको विश्वास छ ।
‘पूर्वप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीज्यूहरुको सुझाव सुनेँ,’ उनले भने,‘अहिलेसम्म एकदम सकरात्मक छ । सबैले राष्ट्रको हितमा सकरात्मक सुझाव दिनुभएको छ ।’
प्रधानमन्त्री प्रचण्ड बुधबार भारत भ्रमणमा जाँदैछन् ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २१:१३