News Griha :: न्यूजगृह
तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै धर्ना [तस्बिरहरू पनि]

काठमाडौं— नेपाल शिक्षक संगठनलगायतका शैक्षिक संस्थाले संघीय शिक्षा ऐन जारी गर्न र शिक्षामा लगानी बढाउन माग गर्दै धर्ना दिएका छन् । आइतबार संगठनलगायतका संस्थाले काठमाडौंको माइतीघरमा धर्ना दिँदै संघीय शिक्षा ऐन तत्काल जारी गर्न र संविधानमा शिक्षाका लागि गरिएको व्यवस्था कार्यान्वयन गर्न माग गरेका हुन् ।

Trilochan BK1685281620.png

धर्नामा नेपाल शिक्षक संगठनका अध्यक्ष सोमनाथ गिरीले सरकारले शिक्षामा लगाानी नगरेकै कारण देश पछाडि परेको बताए । उनले भने,‘हाम्रो आम्दानी र जापानको आम्दानी बराबर थियो । आज हामी कहाँ छौं ? ती मुलुकहरू कहाँ पुगेका छन् । त्यसको एउटै कारण हो, जापान र दक्षिण कोरियाले शिक्षाको सम्पूर्ण दायित्व आफूले वहन गर्‍यो, राज्यले बहन गर्‍यो । नेपाल शिक्षाबाट लगानी गर्दै जाने क्रममा आज हामी यहाँ आइपुगेका छौं । त्यसैले शिक्षामा जबसम्म लगानी बढ्दैन, लगानी वृद्धि हुँदैन तबसम्म गुणस्तरीय शिक्षा हुन सक्दैन । त्यसैले हाम्रो अभियानमा गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय लगानी र गुणस्तरीय व्यवस्थापन आवश्यक छ । यसको लागि संघीय शिक्षा ऐन आवश्यक छ ।’

teacher21685281088.png

त्यस्तै नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले संविधानको धारा ३१ कार्यान्वयन गरी शिक्षालाई प्राथमिकता दिएर अगााडि बढाउनुपर्ने बताए । उनले बालबालिकाको पढ्न पाउने अवसर सुनिश्चित गर्नुपर्ने पनि बताए ।

Sikshya Ain Maitighar.00_13_03_07.Still0061685281648.png

उनले भने,‘संविधानको धारा ३१ कार्यान्वयन गर । त्यो भन्ने बित्तिकै लगानी पनि बढ्छ । अर्को कुरा, प्रत्येक जन्मेको बालबालिकाले पढ्न पाउने अवसर सुनिश्चित गर्नुपर्छ । संसारसँग सामना गर्न सक्ने शिक्षाको अवसर सरकारले दिनुपर्छ । त्यसको ग्यारेन्टी गर्नुपर्छ ।’

Subha Prabat Bhandari1685281175.png

कार्यक्रममा एनजीओ फेडरेशनका केन्द्रीय सचिव भमराज रेग्मीले सरकारले शिक्षाको क्षेत्रमा सहयोग गर्नुको सट्टा शिक्षा क्षेत्रमा काम गर्ने र सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले विदेशी सहयोग लिएर शिक्षा क्षेत्रको सुधारको लागि लागि रहँदा पनि सरकारले भ्याट लिने, भ्याट माग्ने खालका समस्या सिर्जना गरिरहेको बताए । 

Sikshya Ain Maitighar.00_12_51_14.Still0051685281194.png

उनले भने,‘हामी शिक्षा क्षेत्रमा काम गर्ने सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले थुप्रै कामहरू गरिरहेका छौं । नेपाल सरकारले शिक्षामा बजेट विनियोजन वृद्धि गरिरहेको छैन । हामीले वैदेशिक सहायता लिएर, सहयोग जुटाएर शिक्षा क्षेत्रको सुधारको लागि लागिरहँदा पनि त्यो अनुदानमा सरकारका निकायहरूले भ्याट लिने, भ्याट माग्ने खालका समस्या सिर्जना गरिरहेको छ । यसमा हामी घोर आपत्ति प्रकट गर्न चाहन्छौं ।’

Sikshya Ain Maitighar.00_01_27_19.Still0161685281209.png

Sikshya Ain Maitighar.00_12_44_00.Still0041685281228.png

Sikshya Ain Maitighar.00_04_01_22.Still0141685281720.png

Sikshya Ain Maitighar.00_00_46_18.Still0111685281248.png

Sikshya Ain Maitighar.00_00_20_18.Still0071685281267.png

Kalpana Khatiwada1685281291.png

Sikshya Ain Maitighar.00_00_22_20.Still0091685281326.png

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १९:१४
Weather Update