News Griha :: न्यूजगृह
भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए यस्ता सुझाव

काठमाडौं— नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको सबै समस्यालाई एकमुष्ट समाधानमा जोड दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बुधबार (१७ जेठ) हुने भारत भ्रमणका क्रममा आइतबार सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँग भएको छलफलमा डा.भट्टराईले सो सुझाव दिएका हुन् ।

सञ्चारकर्मीसँग डा.भट्टराईले भने,‘छिमेकीसंँग राम्रो सम्बन्ध बनाउनको लागि विश्वासको पाटो प्रमुख हो । मैले के सुझाव दिएको छु भने हाम्रो सीमा समस्या छन् । खुल्ला सीमाना छन् । यी सबैलाई एकमुष्ट समाधान गर्नको लागि मेरो पालामा सुरु भएको ईपीजी हो । यो के कारणले रोकिएको त्यो बुझ्नुपर्छ ।’ 

पूर्वप्रधानमन्त्री डा.भट्टराईले भारतले विभिन्न आयोजना परियोजनाहरू बनाइदिन्छु भनेर राख्ने तर नबनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १८:४४
Weather Update