News Griha :: न्यूजगृह
संसदीय सुनुवाइ समितिमा १२ सांसद मनोनीत

काठमाडौं— प्रतिनिधि सभाको आइतबारको बैठकले संसदीय  सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनीत गरेको छ ।

प्रतिनिधि सभाबाट सांसदहरू ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, पदम गिरी, पशुपति शमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लीलानाथ श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की मनोनीत भएका हुन् ।

संसदीय सुनुवाइ समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधि सभाको आइतबारको बैठकले बहुमतले सहमति जनाएको हो ।

आइतबार नै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ समितिमा सांसदहरू मनोनीत भएका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:२७
Weather Update