सुदूरपश्चिमका ४ क्याम्पसमा निर्वाचन अनिश्चित

धनगढी— सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
विश्विद्यालयअन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि मतदान हुन लागेको हो ।
निर्वाचनका लागि गत १ चैत्रमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन ।
केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचन अनिश्चित छ ।
निर्वाचनका लागि क्याम्पस र विद्यार्थी नेताहरूबीच छलफल भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ ०७:४६













