News Griha :: न्यूजगृह
हवाई रुटको विषयमा भारत भ्रमण उपलब्धीपूर्ण हुने प्रधानमन्त्रीको विश्वास

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण हवाई रुट र सिमा समस्या समाधानका लागि उपलब्धीपूर्ण हुने विश्वास व्यक्ति गरेका छन् । 

नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यो पटक हवाई रुट, सीमामा देखिएका समस्या लगायतका विषयमा आफ्नो भारत महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

प्रचण्डले भने, ‘१७ गते म भारत भ्रमणमा जादै छु । हामीले यो पटक हवाई रुटको लागि केही हुन्छ कि भन्ने कुरा लिएर जादै छौं, बोर्डरको समस्या लगायत अन्य समस्याहरू समाधान गर्ने दृष्टिकोणले पनि यो पटकको भ्रमण अरु बेलाको भन्दा सफल हुने विश्वास लिएको छु । नेपालको हित र विकासको काममा कुनै पनि सम्झौता नगरिने विश्वास दिलाउन चाहन्छु । ’ 

उनले बजेटमा धेरै नयाँ कार्यक्रम र योजना राख्न नसकेपनि ७५३ वटै पालिकामा कृषि उत्पादन वृद्धि गर्ने र युवाहरूलाई रोजगार दिने एउटा कार्यक्रम समेटिएकोले  यो बजेट जनताको पक्षमा काम गर्ने उनको भनाई छ ।

प्रचण्डले भने, ‘धेरै जटिल परिस्थितिमा हामीले नीति तथा कार्यक्रम ल्याएका छौ । संसदबाट त्यो पारित भयो, भोलि बजेट आउँदैछ । नीति कार्यक्रममा सम्बोधन गरिएको कुरालाई बजेटले साथ दिएन भने नीति कार्यक्रम कागज मात्र बन्न जान्छ । हाम्रो पूरै कोसिस छ बजेटले त्यसलाई सम्बोधन गरोस् । यो बजेट जनताको पक्षमा काम गर्ने बजेटको रुपमा स्थापित हुनेछ, विश्वास व्यक्त गर्न चाहन्छु । ’ 

प्रधानमन्त्री प्रचण्डले देश पछाडि पर्नु र अर्थतन्त्रमा संकट आउनुको मुख्य कारणको रुपमा रहेको संस्थागत बेथिति, भ्रष्टाचार, बेइमानी विरुद्ध आफूले लडाइँको सुरुवात गरेको तर्क गरे ।

 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:१५
Weather Update