News Griha :: न्यूजगृह
बाग्मतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै 

हेटौंडा— बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि चैत्र ८ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका दुई तिहाइ बढी सांसदको विश्वासको मत पाएका थिए ।

आज लिने विश्वासको मतमा राप्रपाले नदिने जनाए पनि सत्ता साझेदार नेकपा एमाले भने अझै अनिर्णित छ ।

गत पुस २५ गते नेकपा एमालेसहित ५ दलका ७० जना सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०७:२८
Weather Update