News Griha :: न्यूजगृह
समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व भएन : सांसद अमरेश सिंह 

काठमाडौं—  सांसद अमरेशकुमार सिंहले समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएका छन् । 

आइतबार संघीय संसद्को संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै उनले समिति गठन गर्दा सबै विचारको प्रतिनिधित्व हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले भने, समिति गठन गर्दा कार्य व्यवस्था समिति होस्, सुनुवाइ समिति होस्, राज्यको निर्देशक निर्देशित सिद्धान्तको समिति होस् सबै विचारको प्रतिनिधित्व गर्नुपर्छ तर त्यहाँ त्यसो गरिएको छैन । त्यसमा हाम्रो घोर आपत्ति छ । 

उनले जुन प्रश्न संसद्मा उठ्छ त्यसको जवाफ, छिनोफानो पनि संसद् मै हुनुपर्ने बताए । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:११
Weather Update