सांसद सुवाल भन्छन्— भ्रष्टाचारबारे संसद्मा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होइन

काठमाडौं— सांसद प्रेम सुवालले हत्यारा र भ्रष्टको संरक्षण गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।
आइतबार संघीय संसद्को संयुक्त बैठक पेश भएको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिदैं उनले प्रजातन्त्रमा हत्या गर्ने र भ्रष्टाचारलाई संरक्षण त कसैले पनि गर्न नपाउने बताए ।
उनले भने, ‘वाइड बडी, ललिता निवास, जलहरीमा भएको भ्रष्टाचारबारे संसद्मा उठेको कुरा अभिलेखमा राख्ने हो हटाउने होइन् । दूधको दूध पानीको पानी छुट्याउने भनेर यो संयुक्त नियमावलीमा लेख्नुपर्छ ।’
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १३:००