News Griha :: न्यूजगृह
काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृत्ति पागलपन : सांसद श्रेष्ठ

काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी सांसद सुमना श्रेष्ठ काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने पागलपनको उदाहरण भएको बताएकी छन् ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै उनले काम गर्ने शैली परिवर्तन गर्न आवश्यक भएको बताइन् ।

सांसद श्रेष्ठले भनिन् ‘काम गर्ने तरिका पटक्कै नफेर्ने, त्यही सिराले काम गर्ने तर नतिजा फरक सोच्ने यो पागलपनको उदाहरण बाहेक केही हैन । जसरी कर्मकाण्डी भयो भनेर प्रधानमन्त्रीले ज्यूले यहीबाट भन्नु भयो । हिजो पनि प्रधानमन्त्री ज्यूले इमान्दारिताका साथ भन्नु भयो कि हामीले बजेट ल्याउँदा कर्मकाण्डी नै गरेका हौं भनेर यो नियमावली ल्याउँदा पनि ३ दिनको अन्तरालमा ल्याइयो । फरक कल्पना कसरी गर्न सक्छौ ?’ 

सांसद श्रेष्ठले प्रयोग गरेको पागलपन शब्द प्रति नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले आपत्ति जनाएका थिए । तर सभामुखले सांसद श्रेष्ठको लाञ्छना व्यक्ति विशेषमा केन्द्रित नरहेकोले आपत्ति जनाउन आवश्यक नभएको बताए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १२:५४
Weather Update