काठमाडौं— सांसद खिमलाल देवकोटाले शक्तिमा रहेका दलहरूको चेत अझै पनि नखुलेको धारणा राखेका छन् ।
आइतबार संघीय संसद्को संयुक्त बैठक पेश भएको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य देवकोटाले साना दल र राष्ट्रिय सभा प्रति अनुदार रहेको दाबी गरे ।
उनले संघीयता कार्यान्वयनलाई पनि नियमावली नजर अन्दाज गरेको जिकिर गर्दै संघीय सरकारका मन्त्रीहरूले आफ्नो अधिकार विकेन्द्रित गर्न नचाहेको प्रष्ट देखिको बताए ।
सांसद देवकोटाले भने ‘गत वर्षको स्थानीय तहको चुनावको परिणाम आएपछि पुराना राजनीतिक दलहरू सुध्रिएनन् भने कयौं बालेन साह र हर्क सम्पाङ यो मुलुकमा जन्मने छन् भनेर संसद्मा बोलेको थिए, जो अहिले देखिएकै छ । ’
उनले यो नियमावलीमा स्वतन्त्र र साना राजनीतिक दलहरूलाई निषेध गर्ने किसिमले आएको जिकिर गर । उनले राष्ट्रिय सभालाई पनि नजरअन्दाज गरिएको दाबी पनि गरे ।
सांसद देवकोटाले भने ‘परिमार्जित यो नियमावली साविकको भन्दा अलि उत्कृष्ट हुनुपर्ने हो । तर मैले त्यस्तो देखिन । विना संसदीय सुनवाई, संवैधानिक परिषदका पदाधिकारी लगायतको नियुक्ति स्वत सदर हुने किसिमको पुरानै व्यवस्था छ । यसमा दलहरूले ध्यान दिएको खै ? मन्त्रीको कुर्सी यति बलियो रहेछ, उनीहरु हल्लन पनि चाहदैनन् । ’