एम्बाप्पे बने फ्रान्स राष्ट्रिय टिमको कप्तान

काठमाडौं— केलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् ।
यसअघिका कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।
सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्त्वपूर्ण योगदान पुर्याएका एम्बाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटबलमा नयाँ चमात्कार देखाउने विश्वास गरिएको छ ।
हाल एम्बाप्पे पेरिस सेन्ट जर्मन (पीएसजी) क्लबबाट व्यावसायिक फुटबल खेल्छन् जहाँ लियोनेल मेस्सीसहितका विश्व चर्चित खेलाडी आबद्ध छन् ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ ०७:२१