News Griha :: न्यूजगृह
कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा
फाइल तस्बिर ।

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरूलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताएकी छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमा व्यवस्था गरेका कुराहरू लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गरिन ।

मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुनेसमेत बताइन् ।  ‘हामीले कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाएर हुन्छ ? गणतन्त्र दिवस मनाउनु र राजाको जन्मोत्सव दिवस मनाउनु एकै हो ? होइन । गणतन्त्रपछिको उपलब्धीहरूको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक छ,’ उनले भनिन्  ।

उनले गणतन्त्रका उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धीको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन । त्यस्तै मन्त्री शर्माले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् । 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:५३
Weather Update