लगानी बोर्डको बैठक सुरु, आगामी आर्थिक वर्ष हुने अन्तराष्ट्रिय लगानी बारे छलफल

काठमाडौं— लगानी बोर्डको बैठक सिंहदरवारमा सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बोर्डको बैठक बसेको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा छलफल हुँदैछ ।
बिभिन्न अन्तराष्ट्रिय दातृ निकायबाट आगामी वर्ष आउने आर्थिक सहयोग, लगानीमा उनीहरूले गरेको प्रतिवद्धताका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।
बोर्डको ५४औं बैठक हो । बैठक सकिए लगतै सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्नेछ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १०:४४