भारत भ्रमण अघि प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री तथा कुटनीतिज्ञसँग परामर्श गर्दै

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानु अघि पूर्व प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
छलफल सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा आइतबार दिउँसो दुई चरणमा हुनेछ । पहिलो चरणमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, राजनीतिक दलका शीर्ष नेता सहभागि हुनेछ । छलफल २ बजेबाट सुरु हुनेछ । दोस्रो चरणको छलफल ३ः३० बजेटबाट सुरु हुनेछ ।
बैठकमा परराष्ट्र मन्त्रालयका पूर्व कूटनीतिज्ञ, पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदूत तथा नेपालस्थित भारतीय दुतावासका पदाधिकारी सहभागि हुनेछन् । प्रधानमन्त्रीको भारत भ्रमण आगामी १७ भदौबाट सुरु हुनेछ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १०:२५