मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण बैठकको मुख्य एजेन्डा

काठमाडौं— प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बिहान ११ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएको सञ्चार तथा सूचना प्रविधीमन्त्रीसमेत रहेकी सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
बैठकमा गणतन्त्र दिवसमा हुने कैद छुट, सोमबार सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको आगामी भारत भ्रमणलगायतका एजेन्डामा छलफल हुने उनले बताइन् ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १०:०६