सप्तरी जिल्ला शिक्षक महासंघ आबद्ध घटक संस्थाको बैठकले के निर्णय गर्यो ?

काठमाडौं— नेपाल शिक्षक महासंघ सप्तरी जिल्ला अधिवेशन संयोजक मुकेशकुमार यादवको अध्यक्षतामा बैठक बसेको छ ।
यादवको अध्यक्षतामा नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष, सचिव र नौ घटक आबद्ध शिक्षक संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थितिमा शनिबार श्री केशो अनिरुद्धवती मा.वि.मा बैठक बसेको हो ।
बैठकले पालिका तथा जिल्ला अधिवेशन गठन प्रक्रिया साथै विभिन्न पेशागत विषयवस्तुमाथि छलफल गरेको संयोजक यादवले जानकारी दिए ।
बैठक सकारात्मक दिशातर्फ अघि बढेको उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ०८:४७