News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, अर्थमन्त्री डा.महतले आर्थिक सर्वेक्षण पेस गर्ने

काठमाडौं— प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ । संघीय संसद् भवन बानेश्वरमा बैठक बस्न लागेको हो ।

बैठक अपराह्न १ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेकाे छ ।

यसअघि शनिबार बसेको बैठकबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।

सरकारले सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै छ ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०७:२७
Weather Update