आइतबार यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं— जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल कोशी र मधेस प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।
कोशी र बाग्मती प्रदेशका केही भू–भागमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेछ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० ०६:१६