News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित

काठमाडौं— सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ ।

प्रतिनिधि सभाको शनिबारको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । संघीय संसद्को संयुक्त बैठकलाई ५ जेठमा सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट यसअघि नै पारित भइसकेको थियो ।

राष्ट्रिय सभाको ९ जेठको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । प्रतिनिधि सभामा सांसदहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:४९
Weather Update