News Griha :: न्यूजगृह
विदेश गएमात्रै बिहे हुने अवस्था सिर्जना भै सक्यो : गृहमन्त्री श्रेष्ठ 

काठमाडौं—  गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदेश नगएको घरका केटाकेटीको बिहेसमेत नहुने अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् । 

मेरो गाऊ मेरो ठाउँ भिडिओ च्यालेन्जको अवार्ड वितरण कार्यक्रममा उनले विदेशिने संस्कृति घातक भएको बताए । उनले भने ‘रोजगारीको अभावको कारणले गर्दा यस्तो संस्कृतिको सिर्जना भै सक्यो, बिहा गर्न पनि त्यो घरमा चै त्यो केटो चै अमेरिकामा छ, युकेमा छ, फ्रान्समा, अष्ट्रेलियामा छ भन्नु पर्ने स्थिति पैदा भो त्यो परिस्थिति त्यसरी विकास भएको छ ।’

उनले अब विस्तारै यस्तो भाष्य परिवर्तन गर्न पनि समय लाग्ने भन्दै चिन्ता व्यक्त गरे।  उनले भने ‘ भोलि परिस्थिति चाँहि, देशमै रोजगारी सिर्जना गरेर विकासकोस्थिति सिर्जना गर्यो भने पनि यो सांस्कृतिक मूल्यलाई परिवर्तन गर्न फेरी समय लाग्छ यो घातक छ । ’

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २०:५२
Weather Update