भ्रष्टाचारको जालोले देश बर्बाद भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं— उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको जालोले देश बर्बाद भइरहेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित मेरो ठाउँ मेरो गाउँ भिडिओ च्यालेन्ज अवार्ड वितरण कार्यक्रममा उनले देश भ्रष्टाचारको जालोले र कमिसनको खेतीले बर्बाद भएको बताएका हुन् ।
श्रेष्ठले भने ‘सामाजिक आर्थिक रूपान्तरण गरेर देशमा समृद्धि ल्याउन सकेको छैनौ त्यसको कारण एउटा भ्रष्टाचारको जालोले देश बर्बाद बनायो । अर्को कमिसनका स्वार्थको खेतीमा देशलाई बर्बाद बनाउने प्रवृत्ति छ ।’
उनले कुनै पनि तर्क गरेर वा बहाना बनाएर अब समृद्धिको यात्रालाई अवरोध गर्ने छुट कसैलाई नभएको बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० २०:४३