News Griha :: न्यूजगृह
आज बस्ने जसपा बैठकका एजेन्डा

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।

बारा–२ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो स्थान रिक्त छ । रिक्त स्थानमा अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चा छ ।

निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि राजनीतिक दल दर्ताका लागि आह्वान गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  ०६:४०
Weather Update