News Griha :: न्यूजगृह
शरणार्थी प्रकरणको छानविन पहिल्यै सुरु भएको थियो मैले त्यसलाई अघि बढाएको मात्रै हुँ : प्रधानमन्त्री प्रचण्ड 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण अहिलेको सरकारको पालामा सुरु भएको नभई पहिल्यै सुरु भएको बताएका छन् । 

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यसअघि नै अनुसन्धान अघि बढेको विषयलाई निर्दोष नफस्ने र दोषी नबच्ने गरी आफूले काम थालेको बताए । 

प्रचण्डले भने, ‘यो अलि पहिलाबाट चल्दै आएको विषय रहेछ । यो सरकारको अनुसन्धान पनि होइन। यो सरकारको पालामा सुरु भएको कुरा पनि होइन। सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान भएको पनि होइन । हिँड्दै जाँदा देखा पर्‍यो। त्यसलाई ह्यान्डल गर्ने भन्ने चुनौती सरकारको अगाडि थियो मैले यो विषयमा कोही  पनि दोषी उम्कन नपाउँन र निर्दोष कोही नपरून् भन्ने मान्यताको आधारमा निर्देशन दिएको  हुँ अहिले पनि त्यही कायम छ । ’

यो विषय अदालतबाट दूधको दूध पानीको पानी हुने विश्वास प्रचण्डले व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:५८
Weather Update