News Griha :: न्यूजगृह
गठबन्धनको आडमा सरकारले नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको एमाले सांसदको दाबी

काठमाडौं— नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले सरकारले गठबन्धनको आडमा नीति तथा कार्यक्रमलाई पास गर्न खोजेको भन्दै कडा आक्रोश पोखेकी छन् । 

संसद्मा नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रममा उनले गठबन्धनको आडमा जे गर्दा पनि हुन्छ भन्ने सोच पूरा हुन नदिने चेतावनी दिदैँ राष्ट्रिय एकता पार्टी दर्ता गर्न गठबन्धनलाई सुझाव दिइन् ।

ज्ञवालीले भनिन् ‘किन गठबन्धन भन्नु हुन्छ राष्ट्रिय एकता पार्टी भनेर पार्टी दर्ता गरे भै हाल्यो नी शुभकामना छ यहाँहरूलाई । तर तपाईँहरूको स्वार्थ र गठबन्धनको स्वार्थ नेपाली जनताले पूरा हुन दिने छैनन् । नीति र कार्यक्रम सबै ठीक भए किन सत्ता पक्षका माननीय ज्यूले संशोधन हाल्नु भएको ? ’

उनले आफ्नो पार्टीका अध्यक्षमाथि प्रतिपक्षले उठाएका प्रश्नबारे समेत आक्रोश पोखिन्। 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:१८
Weather Update