
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले परम्परागतभन्दा भिन्न खालको छोटो र देशको अहिले देशको समस्यालाई ठोस र मूर्त रूपमा सम्बोधन हुनेगरी नीति कार्यक्रम तयार गर्ने तयारी गरिएको बताए । तर, मन हुँदाहुँदै पनि समयको चापले सम्झौतामा अगाडि बढ्नु पर्दा नीति तथा कार्यक्रम यस्तो आएको प्रष्ट पारे ।
उनले भने, ‘यो पटक मैले कोसिस पनि गरेँ । परम्पराभन्दा भिन्न खालको छोटो र देशको अहिले देशको समस्यालाई ठोस र मूर्त रूपमा सम्बोधन हुनेगरी नीति कार्यक्रमतयार पार्दा के होलाभन्ने सोचेँ । र, थोरै छलफल राजनीति वृतमा गर्ने कोसिस गरेँ तर, समयको चाप र हाम्रो काम गर्ने तरिकामा ठूलो परिवर्तन तत्काल सम्भव नहुँने हुँदा मैले अन्तत सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्ने बाध्यता मैले महसुस गरे ।’
प्रधानमन्त्री दाहालले परम्परालाई पनि आत्मसाथ गरेर जानुपर्ने र केही नयाँ कुराहरू पनि सम्बोधन गरेर जानुपर्ने आवश्यकतालाई कार्यक्रममा समेट्ने प्रयास गरिएको बताए ।