News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको स्वीकार गरेका छन् । 

शनिबार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदैँ उनले छलफलले लोकतन्त्रलाई बलियो बनाउने टिप्पणी गरे । उनले पुरानै ढर्राको शैली अपनाइएको भन्ने सांसदहरूको भनाइप्रति आफ्नो सर्मथन रहेको समेत बताए । 

समयको चाप र काम गर्ने तौरतरिकाकै कारण सम्झौताकै रूपमा पुरानै शैलीको नीति तथा कार्यक्रम बनाइएको बताएका उनले केही हदसम्म नीति तथा कार्यक्रम कर्मकाण्डी नै भएको स्वीकार गरे । 

‘जो माननीय सदस्यले यसलाई कर्मकाण्डी देख्नु भएको छ । म एक हदसम्म भन्ठान्छु यो कर्मकाण्डी पनि छ । उनले भने पोहोर सालको सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो । कयौँ आधारभूत कुराहरू परार सालका सरकारले ल्याउने पनि यस्तै यस्तै हुन्थ्यो ।’

कर्मकाण्डी भन्ने साथीहरूले आफूहरूले पहिले ल्याए जस्तै आयो भन्नेले जे आयो ठीक आयो भनेर स्वीकार गर्नुपर्ने उनको तर्क छ । 

पुरानै जस्तो भयो कर्मकाण्डी भन्ने साथीहरूले आफूहरूले ल्याएको जस्तै आयो भनेर सर्मथन गर्नुपथ्र्यो भन्ने उनको टिप्पणी छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:०२
Weather Update