News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन : पूर्वमन्त्री मेटमणि चौधरी 

काठमाडौं— सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका सांसद एवं पूर्वमन्त्री मेटमणि चौधरीले नीति तथा कार्यक्रममाथिको छलफल औचित्यहीन भएको टिप्पणी गरेका छन् । 

शनिबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका उनले नीति तथा कार्यक्रम तय गरेर त्यसमाथि छलफल गर्नुको औचित्य नभएको जिकिर गरे ।

पहिले छलफल गरेर नीति तथा कार्यक्रम तय हुनुपर्नेमा नीति तथा कार्यक्रम ल्याएर छलफल गर्नु बच्चा जन्मिएपछि बच्चा जन्माउनेबारे भएको छलफल जस्तो भएको उनले टिप्पणी गरे । 

उनले भने ‘मलाई के लाग्छ भने छोराछोरी जन्मिसकेको छ, आज हामी छोरी जन्माउने विषयमा छलफल गरिरहेका छौँ ।’

उनले छलफलमा सांसदहरूलाई समय निर्धारणमा गरिएको विभेदप्रति समेत असन्तुष्टि पोखे । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १८:३३
Weather Update