पशुपतिको जलहरीमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको जलहरीको बारेमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसद्मा विचार राख्नु उचित नभएको बताएका छन् ।
शनिबार प्रतिनिधि सभाको बैठकमा उनले यस विषयमा अख्तियार अनुसन्धानमा आयोगले छानबिन गरिरहेको भन्दै यस्ता विषय संसद्को रेकर्डबाट हटाउने चलन रहेको बताएका हुन् ।
उनले भने, ‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सदनमा केही विषय उठेको छ । जलहरी सम्बन्धी विषयमा काम गर्ने क्षेत्राधिकार पशुपतिनाथ विकास कोषको हो । सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । अख्तियार अनुसन्धानमा आयोगमा निवेदन परी छानबिन भइरहेको छ । यसमा सरकारको सहयोग रहेको छ । यस विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसद्मा विचार राख्नु उचित होइन यस्ता विषय संसद्को रेकर्डबाट हटाउने चलन छ ।’
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १७:३५