अफगानिस्तानमा शक्तिशाली भूकम्प

काठमाडौं— अफगानिस्तानमा मंगलबार राति १०:४५ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको कम्पन पाकिस्तानदेखि भारतको राजधानी नयाँ दिल्ली र उत्तर भारतका विभिन्न ठाउँमा महसुस गरिएको भारतीय मिडियाले जनाएका छन् ।
भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको कालफगान भन्ने ठाउँबाट ९० किलोमिटर दूरीमा रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भूकम्पबाट क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ ०६:१६













