News Griha :: न्यूजगृह
माओवादी उपाध्यक्ष महराको दाबी– सरकार वैदेशिक शक्तिको घेराबन्दीमा

काठमाडौं— नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले अहिले सरकार वैदेशिक शक्तिको समेत घेराबन्दीमा परेको दाबी गरेका छन् । 

शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारण सभा र २१ औँ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमा उनले अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दीमा पारिएको दाबी गरे । 

उनले भने, ‘अहिले हाम्रोविरुद्ध वैदेशिक शक्ति पनि घेराबन्दीमा लागेको देखिन्छ । त्यसैले अनुरोध गर्छु घेराबन्दीको विरुद्धमा अगाडि बढ्नका लागि दृढ संकल्प गर्नुहोस् । हाम्रो पार्टी र अध्यक्षलाई गरिएको घेराबन्दीको बीचमा अगाडि बढ्न दृढ रहनुहोस् ।’ 

उनले पार्टीमा गुटबन्दीलाई मान्यता नदिने भन्दै नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिने टिप्पणी गरे । 

उनले भने, ‘पार्टी केही बिग्रिएको छ । यसको जिम्मेवारी हामीले सबैले लिनुपर्छ । केही मात्रामा बिग्रिनुका प्रमुख कारण भनेको नेता कार्यकर्ता जनतामा नजानु नै हो । दोस्रो कारण पार्टीमा गुटबन्दी छ । यो पार्टीमा गुटबन्दीलाई मान्यता दिइँदैन । नेतृत्व सक्षम भएर मात्रै अगाडि बढ्न सकिन्छ ।’

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:०१
Weather Update