कांग्रेस आलोचनाबाट डराउँदैन : सभापति देउवा

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् ।
‘आलोचनाबाट डराउनुपर्ने कुरा छैन कांग्रेसले । डराउँदैन पनि । कतिपय उचित आलोचनाहरू हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरू गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ,’ उनले भने ।
नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता पनि औँल्याए ।
प्रजातन्त्रको खिलाफमा एकथरी लागिपरेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरू लाग्नुपर्ने बेला आएको बताए ।
सभापति देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने भएकाले त्यो कुरालाई सबैले बुझेर अघि बढनुपर्ने बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८० १३:०५