News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
के हो, च्याटजीपीटी ?
Prabhu Bank

काठमाडौं— आजको आधुनिक समय इन्टरनेट र प्रविधिमय बनेको छ । इन्टरनेटकै भरमा एउटा कोठामा बसेर विश्वभरको घटना सहजै थाहा पाउन सकिन्छ ।

इन्टरनेटमार्फत गुगलमा सर्च गरेर सबै कुराको जानकारी पाउन सकिन्छ । तर पछिल्लो समय गुगलसँग प्रतिष्पर्धा गर्दै एउटा अर्काे टुल आएको छ, च्याटजीपीटी । लन्चको केही दिन पछि नै च्याटजीपीटीका प्रयोगकर्ताहरुको संख्यामा भएको वृद्धिका कारण गुगललाई टक्कर दिन सक्ने अनुमान गरिएको हो ।
केही समय अगाडी मात्र आएको यो टुलले काम पनि गुगलको जस्तै गर्छ, तर केही फरक तरीकाले । उक्त नयाँ प्रणालीले यस्तो सामग्री लेख्न सक्छ जुन निकै सटिक हुन्छ र मानिसले लेखेको झैँ हुन्छ । च्याटजीपीटीले प्रयोगकर्ताहरुले सोधेका प्रश्नहरुको सरल, सहज र संवेदनशील शैलीमा जवाफ दिन्छ । च्याटजीपीटीको यही विशेषताका कारण यसको प्रयोग विश्वभर बढेको छ । तथापि च्याटजीपीटीले कृतिम बौद्धिकताको प्रयोग गरी प्रयोगकर्ताले खोजेअनुसार जवाफ सिर्जना गरिदिन्छ ।
के हो च्याटजीपीटी ? 
च्याटजीपीटी एउटा प्रविधीसँगै विकास भएको आधुनिक इन्टरनेटको माध्यमबाट प्रयोग गर्न सकिने टुल हो ।  सन् २०२२ को नोभेम्बरबाट प्रयोगमा आएको च्याटजीपीटी एउटा च्याटबोट हो, जसले हरेक प्रश्नको जवाफ सरल र तत्काल दिन्छ । च्याटजीपीटीको पुरारुप च्याट जेनेरेटिभ प्रिटेन्ड ट्रान्फर्मर रहेको छ । 
तपाईले खोजेका हरेक कुराहरु तत्काल लेखेर स्क्रिीनमा देखाउने गर्छ । उदाहरणको लागि हामीले कसैलाई चिठी लेख्नु छ भने च्याटजीपीटीले सबै लेखेर स्क्रिनमा देखाउँछ ।  अहिले च्याटजीपीटी प्रयोग गर्नेहरुको संख्या बढ्दै जादा यसले पनि लोकप्रियता पाइरहेको छ  । कतिपयले केही समयपछि यसले गुगललाई नै हराउन सक्ने भविष्यवाणी गरेका छन् ।
च्याटजीपीटी कसरी प्रयोग गर्ने ? 
च्याटजीपीटी चलाउन प्रयोगकर्ताले सुरूमा आफ्नो इमेल ठेगाना र सम्पर्क नम्बर राखेर आफ्नो खाता बनाउनु पर्नेहुन्छ । त्यसपछि प्रयोगकर्ताले राखेको नम्बरमा भेरीफिकेसन कोड पठाउँछ त्यो कोड हालेपछि मात्र च्याटजीपीटी चलाउन सकिन्छ । अहिले च्याट जीपिटी निःशुल्क चलाउन सकिन्छ । 
गुगल र च्याटजीपिटीमा के फरक छ ।
इन्टरनेट प्रयोग गर्नेहरुको लागी गुगल निकै महत्वपुर्ण टुल बनेको छ । हामीले खोजेका हरेक कुराको जवाफ गुगलले विभिन्न लिंकमार्फत  पठाउने गर्छ । गुगल जस्तै च्याटजीपीटी पनि इन्टरनेटबाट प्रयोग गर्न सकिने एउटा टुल हो । गुगलले हामीलाई लिंक मार्फत जवाफ दिन्छ । जसले गर्दा जवाफ सिधै पाउन कठिन हुन्छ । तर, च्याटजीपिटीमा भने हामीले खोजेको कुराको जस्तै जवाफ सहज र सरल तरीकाले तत्काल दिन्छ । च्याटजीपीटीले सबै कुराको जवाफ त दिन्छ, तर यसले दिएको सबै जवाफ सही हुन्छ भन्ने हुँदैन । हामीले प्रश्न गर्दा मिलाएर गरेनौ भने च्याटजीपीटीले जवाफ गलत दिन सक्ने हुन्छ । 
आधुनिकता र प्रविधीको विकाससँगै विश्वभर नै विभिन्न टेक्नोलोजीहरुको आविष्कार हुँदै आएको छ । यस्ता टेक्नोलोजीहरुले मानिसको दैनिक जीवनमा निकै प्रभाव पारेको हुन्छ । विद्यालयमा पढ्ने भाइ–बहिनीको लागि प्रोजेक्टको नमुना होस् या अफिसमा काम गर्ने दिदी–दाईको लागि आफ्नो कामको बारेमा जानकारी लिन होस् यस्ता इन्टरनेटउन्मुख प्रविधिहरुले महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ ।  हामीले यसको सही तरीकाले प्रयोग गर्न जान्नुपर्छ । 
यी त भए च्याटजीपीटीको सकारात्मक पाटो । यसका केही नराम्रा पक्षहरु पनि छन् । च्याटजीपीटीलाई सोधिने प्रश्नहरुको जवाफ सरल, संवेदनशील र सहज भाषामा दिने भएका कारण पछिल्लो समय यसको दुरुपयोग समेत हुन थालेको छ । विश्वविद्यालयका करिब ८९ प्रतिशत विद्यार्थीहरुले आफ्नो गृहकार्य च्याटजीपीटीबाट गराउन थालेको फोब्र्स म्यागाजिनको अनलाइन संस्करणले लेखेको छ । 
त्यसो त च्याटजीपीटी कृतिम बौद्धिकताबाट परिचालित हुने भएकोले यसले दिने सबै जवाफ सही नहुने भन्दै यसको बिवाद र आलोचना हुन गरेको छ । यसमा हामीले खोजेको सबै पाउने भएकाले हाम्रो सोच्ने र सृजना गर्ने क्षमतामा असर पार्ने देखिएको छ । अमेरिकाको एउटा विद्यालयमा गरिएको अध्ययनमा विद्यार्थीहरुले च्याटजीपीटीबाट कपी गरेर ल्याएको पाइएको थियो । यसरी हेर्दा जानकारीको लागि त च्याटजीपीटी राम्रो मान्न सकिन्छ, तर यसको सही प्रयोग नहुँदा प्लेगियारिजम बढीरहेको प्राध्यापकहरु बताउँछन् ।
एजेन्सीको सहयोगमा

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:१३
sagarmatha cementsagarmatha cement
Weather Update