News Griha :: न्यूजगृह
श्रममन्त्री भन्छन्– श्रम विभाग कमजोर बन्यो, अहिले कता छ थाहा छैन
फाइल तस्बिर ।

काठमाडौं— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम विभाग कमजोर बनेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले भने, ‘मुलुकभित्रको श्रम र श्रमिकको अवस्था के छ ? भन्नेकुरा श्रम विभाग छ, पहिला श्रम विभाग नै थियो, श्रम विभाग अहिले कता छ भनेर मैले त भन्नु हुने कि नहुने थाहा छैन, तर कमजोर अवस्थामा छ ।’

उनले वैदेशिक श्रमसम्बन्धी सबै कामहरू पहिला श्रम विभागले गर्ने भएपनि अहिले विभाग कमजोर हुँदा मन्त्रालयमा भार परेको बताए । श्रमको क्षेत्रलाई मर्यादित र सम्मानित बनाउन आवश्यक रहेको उनको भनाइ छ । 

मन्त्री भण्डारीले मुलुकभित्र श्रमका अवसर सिर्जना गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम बजारसम्म पुग्ने कुरामा नेपालले जोड दिइरहेको बताए । 

उनले श्रमको क्षेत्रलाई सुव्यवस्थित रूपमा सुरक्षित र भरपर्दो बनाउनसके सबै श्रमिकहरूको लागि राम्रो अवसर हुने बताए । 

मन्त्री भण्डारीले वैदेशिक रोजगार ऐनलाई परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे । उनले मन्त्रालयले अहिले सोही विषयमा छलफल गरिरहेको छ र १० दिनभित्रमा ऐन परिमार्जनको ड्राफ्ट बनाउने बताए । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १२:३८
Weather Update