News Griha :: न्यूजगृह
संसद् अवरोध हटाउन प्रमुख तीन दलबीच छलफल
तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौं— प्रतिनिधि सभा सुचारु गर्ने विषयमा तीन ठूला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे छलफलमा सहभागी छन् ।

प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजेको लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । 

 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०९:३४
Weather Update