News Griha :: न्यूजगृह
आजको फलफूल तथा तरकारीको मूल्य 

काठमाडौं—  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । 

नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, नेपाली लोकल गोलभेँडा २४ रुपैयाँ, रातो आलु (मुडे) ४० रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३४ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ४०, लोकल सिमी ४०, भटमास कोशा १२०, मटर कोशा १८०, तिते करेला २०, लौका ४०, परबर ७०, पाकेको फर्सी ४०, फर्सी हरियो २५, घिरौला ४०, भिण्डी ५०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८०, कुरिलो २५०, ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ८०, बरेला १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ । 

चम्सुरको साग ११०, पालुङ्गो साग ११०, मेथीको साग ११०, तोरीको साग ४० हरियो लसुन १००, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी तोकिएको छ । 

त्यस्तै, हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप २००, मौसम १६०, अनार ३००, केरा दर्जनको १४०, फुजी स्याउ २६०, आभोकाडो ४०० र मेवा नेपाली ६० र लिच्ची लोकल १५० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०८:२५
Weather Update