News Griha :: न्यूजगृह
कस्तो रहनेछ शनिबारको मौसम ?

काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

देशको पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव छ। 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०६:११
Weather Update