News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक शनिबार 

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको प्रश्नको आज जवाफ दिने भएका छन् । 
शनिबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभा बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा निरन्तर छलफल भइरहेको छ । शुक्रबार नै प्रधानमन्त्रीले संसद्मा जवाफ दिने तथा नीति कार्यक्रम पारित गर्ने तयारी गरिए पनि नेकपा एमालेले बैठकमा अवरोध गरेपछि संसद् बैठक आजको लागि सारिएको हो । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०६:०५
Weather Update