जनमतले दुई समानुपातिक सांसदलाई फिर्ता बोलाउने

काठमाडौं— जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई फिर्ता बोलाउन सिफारिस गरेको छ ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई फिर्ता बोलाउन सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए ।
उनले भने,‘उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण फिर्ता बोलाउन सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।’
पार्टी अध्यक्ष डा.सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० २१:१६