News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक शनिबार ४ बजेका लागि सर्‍यो

काठमाडौं— २० मिनेटको लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक शनिबार ४ बजेका लागि सारिएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेपछि २० मिनेटका लागि स्थगित भएको संसद् बैठक शनिबार ४ बजेको लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी राख्ने क्रममा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालले बैठक अवरोध गरेको थियो ।

शुक्रबार नै बैठक बसाउनका लागि सभामुख देवराज घिमिरेले सहमतिको प्रयास गरे पनि सहमति जुटेन ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २०:०७
Weather Update