News Griha :: न्यूजगृह
जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

काठमाडौं— जनता समाजवादी पार्टी,नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेको जसपाले जनाएको छ ।

उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ ।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:२१
Weather Update