News Griha :: न्यूजगृह
केन्द्रले पठायो शिक्षासम्बद्ध प्रदेश मन्त्रालय, स्थानीय तह, इकाई र विद्यालयहरूलाई पत्र

काठमाडौं— शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयमा पठनपाठनका बेला हुनसक्ने प्रतिकूल अवस्थाबारे पूर्व सावधानी र उच्च सतर्कता अपनाउन पत्राचार गरेको छ ।

केन्द्रले शुक्रबार ७ वटै प्रदेशका शिक्षा सम्बद्ध मन्त्रालय, सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाई र सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई पत्र पठाउँदै पूर्व सावधानी र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

देशका विभिन्न भागमा डेंगु, लामखुट्टे, औलो तथा प्राकृतिक विपत्ति हावाहुरी, डुबान, पहिराे, हिमपातले पठनपाठनमा असर पुर्‍याउन सक्ने हुँदा उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

केन्द्रले विद्यालयहरूमा कुनै कारणबश क्षति पुगेको खण्डमा त्यसको विवरण केन्द्रमा पठाउन अनुरोध समेत गरेको छ । 

हेर्नुहोस् केन्द्रको पत्र

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १९:०२
Weather Update