संसदमा प्रमाण पुर्याएर बोल्नुपर्छ : रास्वपा सांसद श्रेष्ठ

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताएका छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले संसदमा प्रमाण पुर्याएर बोल्नुपर्ने बताए ।
उनले प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको बताउँदै श्रेष्ठले एकअर्कालाई हिलो छ्यापेर फुत्किन नहुने बताए ।
‘उहाँहरूले (एमाले) ले डाडुपँन्यू (सत्ता) तपाईंहरूकै हातमा छ । सरकारमा तपाईंहरू नै हुनुहुन्छ भनेपछि छानबिन गर्नुस् । मलाई सु–संस्कृत अभ्यास यही हो जस्तो लाग्छ । हिलो छ्यापाछाप गर्ने होइन । जे बोलिएको छ त्यसको आधार पनि हुनुपर्छ,’सांसद श्रेष्ठले भने ।
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १८:४१