News Griha :: न्यूजगृह
नेपाली राजनीतिमा एक अर्काको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति छ : अध्यक्ष ओली 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा कुनै पनि हिसाबले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने प्रवृत्ति रहेको टिप्पणी गरेका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित दुई दिने अनुशिक्षण तथा प्रशिक्षण कार्यक्रममा उनले एकले अर्कोको कामलाई राम्रो भनेर भन्न नसक्ने अहङ्कार भएको बताएका हुन् ।  

‘लोभ पाप र अहङ्कारले मान्छेलाई बिगार्छ । अरुको श्रेष्ठतालाई स्विकार्न नसक्ने ठुलो समस्या छ । कुनै पनि हिसाबले अर्कोको श्रेष्ठता स्विकार्न नसक्ने बौद्धिक होस कि जे सुकै होस । हामी ५ जनाले कार्यपत्र पेश गर्‍यौँ, मेरो भन्दा उसको कार्यपत्र राम्रो भनेर भन्न नसक्ने त्यो प्रवित्ति हामीमा छ । अहङ्कारको प्रवृत्ति छ । ’ 

हरेक कुरामा उत्तरदायी हुन आवश्यक रहेको बताएका उनले सरकारले गरेको कामको प्रभावकारिता र उपलब्धि गफमा मात्रै नभई देखिने खालको हुनुपर्ने बताए। 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:२६
Weather Update