News Griha :: न्यूजगृह
कांग्रेस प्रचार विभाग प्रमुखमा विश्वकर्मा

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत भएका छन् । 

पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार उनलाई पार्टीको विधानबमोजिम उक्त विभागको प्रमुखमा मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १५:५४
Weather Update