जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं— डा चन्द्रकान्त राउत (सीके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।
कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायत विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ । यसैगरी बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेन्डा समेत राखिएको बताइएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० १४:४०