News Griha :: न्यूजगृह
‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

मस्को— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् ।

राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवले भियतनाम भ्रमणका बेला युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएको रुसी समाचार एजेन्सी आरआईएले जनाएको छ । ‘यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,’ आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ । 

मेदभेदेव प्रायः कडा टिप्पणी गर्छन् ।  गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए । साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका थिए । गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए । रासस
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १४:१५
Weather Update